२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपाल दोस्रो खेल श्रीलंकासँग खेल्दै

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ ।

खेल उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो ।

यस्तै लाओस विरुद्धको खेलबाटै मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलो खेलकै लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल छ ।

पहिलो खेलमा नेपालले नियमित गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै अन्जना राना मगरलाई खेलाएको थियो भने सरस्वती हमाललाई पहिलो रोजाइमै डेब्यू गराएको थियो ।

महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । श्रीलंकासँग खेलेको ८ वटै खेल नेपालले जितेको छ । फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन् ।

फिफा वरियतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ । नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट