२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

श्रीलंकामाथि नेपालको ८–० को फराकिलो जित

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । उज्वेकिस्तानमा जारी एएफसी एसियन कप महिला छनोटमा नेपालले श्रीलंकालाई हराएको छ । बुधबार भएको समुह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८–० को फराकिलो जित हात पारेको हो ।

यससँगै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । डिफेन्डर गीता रानाले २ तथा निशा थोकर र रेखा पौडेलले समान एक गोल गरे ।

समुह चरणको पहिलो खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले पाखा लगाएको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपालले २१ गते घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । उज्वेकिस्तानलाई हराउन सके नेपाल सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट