२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओली स्पेनबाट दोहा प्रस्थान

शुक्रवार , आषाढ २०, २०८२

स्पेन । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गरेको हो । प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उनलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीहरूले विदाइ गरे ।

स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भई मेड्रिडका कार्यक्रम सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किन लागेको हो ।

असार १४ गते स्पेन पुगेका प्रधानमन्त्री ओली शुक्रबार साँझ ५ बजे काठमाडौँ पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट