२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

उद्योग व्यापार संघ मोरङ र नोबेल मेडिकल कलेजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

शुक्रवार , आषाढ २०, २०८२

विराटनगर । विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले फेवा सेकेन्डरी बोर्डिङ स्कुल, केराबारीमा बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सञ्चालन गरिएको छ ।

मोरङ उद्योग व्यापार संघ र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल विराटनगरको संयुक्त आयोजना तथा केराबारी व्यापार प्रबन्ध समितिको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

संघका अध्यक्ष अनुपम राठीको अध्यक्षमा आयोजित उक्त शिविरमा जनरल मेडिसिन सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी नसा रोग सेवा, बालरोग सेवा, नाक, कान, घाँटी सेवा, दन्तरोग सेवा, शल्यक्रियाचिकित्सा सेवा, आँखाजाँच सेवा, रेडियोलोजी सेवा, ईसिजि (मुटुको जाँच) सेवा, ल्याव परिक्षण (रगत, पिसाव जाँच) सेवाहरुबाट ७०० भन्दा बढी स्थानीयवासीहरुले सेवा लिई लाभान्वित भएका थिए ।

दुरदराजमा रहेका सर्वसाधारणहरुको स्वास्थ्य उपचारलाई ध्यानमा राखी मोरङ उद्योग व्यापार संघ र नोबेल हस्पिटल निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । सो क्षेत्रका नगरवासीहरुको स्वास्थ्य परिक्षण, विभिन्न रोगका चेक जाँच गर्न अझ बढी सहज होस भन्ने उद्देश्यले सो शिविर राखिएको हो ।

एक दिने उक्त शिविरमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, प्रवक्ता दिपेश सुवेदी, स्वास्थ्य शिविर संयोजक एवम् संघका आमन्त्रित सदस्य डा.दिपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल, महिला उद्यम समितिकी सह-संयोजक साधना झा, सचिव जीना श्रेष्ठ, संघका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मी त्यसैगरी केरावारी व्यापार प्रबन्ध समितिका अध्यक्ष लगायत कार्यसमितिको उपस्थिति रहेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट