२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

परराष्ट्रमन्त्रीको प्रसंशा गर्दै केन्द्रीय सदस्य पौडेलले भने‐ नेपाली डायस्पोरा खुसी छ

शुक्रवार , आषाढ २०, २०८२

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति समन्वय विभागका सभापति किरण पौडेलले विश्वमा रहेका नेपाली डायस्पोराले पछिल्लो समयमा परराष्ट्र मन्त्रालयबाट पाउनुपर्ने कन्सुलर लगायतका सेवा सुविधाहरु छिटो छरितो र चुस्त दुरुस्त रुपमा प्राप्त गरिरहेको बताएका जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिमा आज बोल्दै उनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नियुक्त भएपछि कतिपय देशमा उहाँ आफैँ पनि पुगेर त्यहाँ रहेका नेपालीहरुको अवस्था र समस्या बुझ्ने तथा सम्बद्ध देशका नेपाली दूतबासहरुलाई नेपाली डायस्पोराको सेवामा रहन निर्देशन दिएबाट सेवा चुस्त दुरुस्त बनेको उनले बताए ।

सभापति पौडेलले भने “विश्वमा रहेका नेपाली जनसम्पर्क समितिहरुले मलाई रिपोर्ट दिइरहेका छन् कि अहिले नेपाली दूताबासले दिने सेवाहरुमा चुस्तता आएको छ । आफूहरुलाई परेका समस्या र आवश्यकताका बारेमा आवाजहरुको छिटै सुनुवाई हुने गरेको छ । उनीहरुले परराष्ट्र मन्त्रालयबाट पाउने सेवाहरुमा फरक आएको बताएका छन् । यसका लागि म परराष्ट मन्त्रीलाई म विशेष धन्यवाद दिन चाहन्छु ।”

लाख भन्दा बढीको संख्यामा नेपालीहरु रहेका अमेरिकाको टेक्सास, लस एञ्जलस होस् या अन्य ठाउँमा पनि नेपाली महावाणिज्यदूताबासको स्थापना गरी परराष्ट्रका सहसचिवस्तरका अधिकारी खटाउने काम भएकाले यसबाट पनि ती क्षेत्रका नेपालीले सहजै सेवा पाउने अवस्था सिर्जना भएको र उनीहरुले आफ्नो बर्षाैँदेखिको माग पूरा भएको महसुस गरेका आफूलाई बताएका पनि केन्द्रय सदस्य पौडेलले जनाए ।

उनले भने “गैरआवासीय नेपाली संघ पनि एक किसीमले बेवारिस अवस्थामा पुगेको थियो । सर्वाेच्च अदालतले ६ महिनाभित्र महाधिवेशन गराउन परराष्ट्रका नाममा दिएको परमादेश बमोजिम गत महिना महाधिवेशन सम्पन्न भइ अहिले एक प्रकारले ट्र्याकमा आएको छ । त्यस्तै नेपाली जनसम्पर्क समितिका कार्यहरुलाई थप चुस्त दुरुस्त बनाउन परराष्ट्र मन्त्रीज्यूले गर्नुभएको समन्वय र सहयोग सराहनीय रहेको छ । यसले विदेशमा रहेका नेपाली जनसम्पर्क समितिमा आबद्ध हुन् या अरु नेपाली समुदायमा नेपाली कांग्रेसप्रति सकारात्मक प्रभाव परिरहेको छ ।”

कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य पौडेलले आफ्नो विभाग नेपाली जनसम्पर्क समितिको अवस्था र व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट