२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पर्यटन सहकारीका सदस्यहरुलाई क्षमता अभिवृद्धिको तालिम

आइतवार , आषाढ २२, २०८२

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको आयोजनामा दुई दिने “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी” सुरु भएको छ।

राजधानीमा आयोजित दुई दिने तालिममा पर्यटनको माध्यमबाट सहकारीलाई आर्थिक, सामाजिक रूपमा समृद्ध बनाउने लक्ष्य लिइएको छ। कार्यक्रमको उद्घाटन भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले गरेका थिए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी र माओवादी केन्द्र सहकारी विभाग प्रमुख लिलामणि पोखरेलले समेत कार्यक्रममा सहभागिता जनाएका थिए। वक्ताहरूमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, सहकारी विभागका उप–रजिस्ट्रार शशि कुमार लम्साल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे रहेका थिए।

पर्यटन सहकारी संघले सहकारी मार्फत पर्यटन व्यवसायको प्रवर्द्धन, स्थानीय गन्तव्यको पहिचान र सामुदायिक संलग्नता विस्तारमा योगदान पुर्‍याउँदै आएको छ। वि.सं.२०७१ साल असार १२ गते लक्ष्मण यादवको नेतृत्वमा संघको स्थापना भएको थियो।

सहकारी ऐन बमोजिम सहकारीकर्मीहरुको पहलमा ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा गरि ६ जिल्लाबाट १ वटा जिल्ला संघ र २७ वटा प्रारम्भिक सहकारी संस्थाहरुको भेलाले केन्द्रीय सहकारीको गठन भएको थियो ।

वि.सं.२०७१ फागुन १४ गते स्थापना भएको केन्द्रीय सहकारी संघ सम्पुर्ण पर्यटन सहकारी संघरसंस्थाहरुको छाता संघको रूपमा नेपालमा संचालित छन् । ६२ प्रारम्भिक सहकारीहरू आबद्ध छन् भने कुल सदस्य संख्या ८४ रहेको छ। १०३ओैं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य पर्यटन सहकारि संस्थामा आवद्द सहकारी कर्मीहरुको नेतृत्व तथा क्षमता विकास गरि आत्मनिर्भर हुँदै सहकारिको माध्यमवाट पर्यटनको बिकाशमा योगदान पुर्याउने रहेको छ।

कार्यक्रम को अध्यक्षता संघका अध्यक्ष चन्द्र प्रसाद रिजालले गरेका थिए भने सञ्चालन महासचिव तेज बहादुर बोहोराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट