२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै

सोमवार , आषाढ २३, २०८२

काठमाडौँ । ‘डिजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि’को आयोजनामा टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)’ हुने भएको छ ।

आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक संस्थाका अध्यक्ष जानु सिंहले सिङ्गल राउन्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कूल २४ खेल हुनेछन् । प्रतियोगिताका खेल भने काठमाडौँको मूलपानीस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

उक्त प्रतियोगिताको ‘ब्रान्ड एम्बासडर’को रूपमा अभिनेता निखिल उप्रेती छन् ।

‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त एनएसपीएलको विजेता टोलीले रु २१ लाख तथा उपविजेताले रु ११ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्देश्य देशभरका उदीयमान क्रिकेट खेलाडीहरूलाई राष्ट्रियस्तरमा प्रतिभा देखाउन ‘प्लेटफर्म’ दिने रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट