काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
उनीहरुले प्रतिनिधिसभामा आफ्नो धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए ।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै दुवै पार्टीले आफ्नो धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस