२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइयो : अध्यक्ष प्रचण्ड

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला दलहरूको मिलोमतोले संसदलाई ‘विचौलियाको खेलमैदान’ बनाइएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको बताए ।

प्रचण्डले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताए । उनले वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गरे ।

उनले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट