काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा उठाएको प्रश्नको सामाजिक सञ्जाल फेसबुकमार्फत जवाफ दिएका छन् ।
सोमबार संसद्लाई सम्बोधन गर्दै प्रचण्डले ‘कीर्तिपुरको मैदानमा खोई फ्लडलाइटरु खोई प्यारापिटरु’ भनेर प्रश्न गरेका थिए। सोही प्रश्नको जवाफमा प्रधानमन्त्रीले भनेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा केही पनि गर्नु नपरेको र प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु नपरेको आरोप लगाएका छन् । ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनेँ, आफैँमाथि प्रश्न आह्वान गरेँ र काम पनि गरेँ । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ ओलीले फेसबुकमा लेखेका छन् ।
ओली आजको प्रतिनिधिसभा बैठकमा भने सहभागी थिएनन् ।
प्रतिक्रिया दिनुहोस