काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि हस्ताक्षर गरेका छन् ।
उनले सोमबार साँझ रास्वपाको पार्टी कार्यालय वनस्थलीमै पुगेर हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।
हस्ताक्षरपछि प्रतिक्रिया दिँदै उनले लामिछानेमाथि प्रतिशोध साँधिएको बताए । उनले राज्यले कसैमाथि यसरी प्रतिशोध साँध्न नहुँने पनि बताए ।
रास्वपाले पार्टी सभापतिविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो । देशभित्र मात्र नभएर विदेशमा पनि यो अभियान चलेको छ ।
प्रतिक्रिया दिनुहोस