२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

स्थानीय तह अन्तर्गतका अस्पताल मध्ये रंगेली अस्पताल उत्कृष्ट

बिहिवार , श्रावण १, २०८२

विराटनगर । मोरङको रंगेली नगर अस्पताल मूल्याङ्कनमा ८६ अंक प्राप्त गर्दै देशभरका स्थानीय तह अन्तर्गतका अस्पतालमध्ये नमूना र उत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।

सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र अस्पताल सेवा (एमएसएस) का विभिन्न सूचकका आधारमा भएको मूल्याङ्कनमा अस्पतालले ८६ अंक प्राप्त गरेको हो । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाका अनुसार प्रत्येक ६–६ महिनामा हुने मूल्याङ्कनमा रंगेली नगरपालिकाको थप सुधार प्रयासले यो उपलब्धि सम्भव भएको हो ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले व्यवस्थापकीय सुधार, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मेहनतकै कारण अस्पतालले उत्कृष्ट स्थान हासिल गरेको बताए । आगामी मूल्याङ्कनमा अझै अंक बढाउने लक्ष्यका साथ सबैलाई थप मेहनत गर्न निर्देशनसमेत दिए ।

उपप्रमुख भूमा पराजुलीले समेत जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको समन्वित प्रयासबाट अस्पताल नमूना बन्न सफल भएको बताइन् । सचिव डा. थपलियाले सुविधा सम्पन्न अस्पतालका रुपमा रंगेलीलाई अझ सशक्त बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग पहल गर्ने आश्वासन दिइन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बसन्त साहले यो सफलता स्वास्थ्यकर्मीको समर्पण, नगरपालिकाको सहयोग र सेवाग्राहीको विश्वासकै कारण सम्भव भएको बताए । प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले मूल्याङ्कनका आधारमा सेवा विस्तारलाई निरन्तरता दिने प्रतिवबद्धता जनाए ।

रंगेली नगर अस्पताल विकास समितिका अध्यक्ष देवमणी कटुवालले सुधारका लागि लाग्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट