२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै २४ लाख ५७ हजार जनाले गरे हस्ताक्षर

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै २४ लाख ५७ हजार जनाले हस्ताक्षर गरेका छन् ।

बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर रास्वपाले सभापतिको न्यायका लागि २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको हो ।

असार ७ गतेदेखि सुरू गरिएको अभियान कम्तीमा एक सय दिन चल्ने रास्वपाले जनाएको छ ।

साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्‍याउन घरदैलो गर्ने सहकोषाध्यक्षसमेत रहेका उक्त हस्ताक्षर अभियान संयोजक दीपक बोहराले बताए ।

उक्त अभियानकै लागि हालसम्म ४६ लाख १२ हजार ६३७ रूपैयाँ संकलन भएको रास्वपाले जानकारी दिएको छ । त्यस्तै, अभियानमा हालसम्म ५९ लाख ६७ हजार रूपैयाँ खर्च भएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ