काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारका तुलनामा तोलामा ८ सय रुपैयाँ बढेको हो।
शुक्रबार अघिल्लो दिनका तुलनामा २ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस