काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार ८०० रुपैयाँले बढेको सुन आज ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस