काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा रिक्त रहेका २ सञ्चालक सदस्य पदपूर्तिका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
इच्छुक तथा योग्य नेपाली नागरिकहरूले साउन १० गतेभित्र आवेदन दिन सक्नेछन्। दरखास्त सिंहदरबारस्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा कार्यालय समयमा दिइनुपर्ने सूचनामा उल्लेख छ।
सञ्चालक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव रहेको हुनु पर्नेछ ।
यसैगरी, दरखास्त दिने अन्तिम मितिसम्म उमेर ३० वर्ष पूरा भइसकेको र ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग मुलुककै पुरानो र रणनीतिक रूपमा महत्त्वपूर्ण सार्वजनिक उद्योग हो।
प्रतिक्रिया दिनुहोस