काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूको बैठकले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा बसेको बैठकले सो निष्कर्ष निकालेको हो ।
बैठकले एमालेसँग भएको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकको उक्त निष्कर्षबारे मन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्ने छन् ।
बैठकले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष पनि निकालेको छ । कांग्रेस पूर्व पदाधिकारीले दुई दलबीचको सात बुँदे सहमतिअनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा.शशांक कोइराला, डा प्रकाशशरण महत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस