२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

विदेशी मुद्राको विनिमय दर : कुन विदेशी मुद्राको विनिमय दर कति ?

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५१ पैसा र बिक्रीदर १०० रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ नौ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट