२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

१८ सयले बढ्यो सुनको मूल्य, चाँदी अहिलेसम्मकै उच्च

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज एकैदिन प्रतितोला १८ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज एकतोला सुनको मूल्य एक लाख ९५ हजार पाँच सय रूपैयाँ कायम भएको छ । सोमबार सुन ४०० रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार प्रतितोला २२ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी एकैदिन ३५ रूपैयाँले बढेर आज २३ सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट