२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

कांग्रेस नेताहरुसँग देउवाले भने : सरकारका विषयमा प्रश्न उठ्ने गरी कदम नचाल्नोस्

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका विषयमा प्रश्न उठ्ने गरी कुनै कदम नचाल्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूसँग बूढानीलकण्ठमा भएको भेटमा उनले यस्तो आग्रह गरेका हुन् ।

उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत, पूर्वउपसभापति विमलेन्द्र निधि सभापति देउवालाई भेट्न उनकै निवास पुगेका हुन्।

उक्त भेटमा सरकारले नागरिक आकांक्षा पूरा गर्न नसकेको सातबुँदे सहमति अनुरूप उपलब्धि देखाउन नसकेको सहितका प्रश्न नेताहरूले उठाएका थिए । ती प्रश्नमा सभापति देउवाले सरकारले विस्तारै सुधार गर्दै जाने भन्दै अहिले नै प्रश्न उठ्ने गरी काम नगर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट