काठमाडौं । नेपाली बजारमा आज बुधबार एकैदिन सुनको मूल्य २१ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ । सोही परिमाणको सुन मंगलबार एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा ३० रुपैयाँले बढ्दै २ हजार ३५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस