२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

गत आर्थिक वर्षमा झुलाघाट भन्सारबाट ७६ लाख ४३ हजारभन्दा बढी राजस्व संकलन

बिहिवार , श्रावण ८, २०८२

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१–०८२ मा ७६ लाख ४३ हजार २४३ राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ६५ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।

गत आवमा एक करोड तीन लाख ५९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्य पूरा हुन नसकेको महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नीले बताए । राजस्व संकलनको लक्ष्य बढी भएकाले गत आवमा लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ ।

उनका अनुसार भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम संकलन गरिएको हो । आव २०८०–०८१ मा कार्यालयको ५० लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी ८६ लाख ८४ हजार ९० संकलन भएको थियो ।

झुलाघाट नाकाबाट कपडा, भाँडाकुँडा, चिनीलगायत घरायसी प्रयोजनका सामग्रीहरू भित्रिने गरेको छ । भारतीय बजारबाट आयात हुने सामग्रीबाट राजस्व संकलन हुने गरेको कार्यालयका लेखापाल देवराज रानाले जानकारी दिए ।

उनका अनुसार यस नाकाबाट निर्यात भने शून्य छ । केही वर्ष अघिसम्म घ्यू र कृषि उपज निर्यात हुने गरेको थियो । - रासस

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट