२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रोजगारी सिर्जना र राजश्व बढाउने कुरा राजनीतिक दलहरूको एजेण्डा बन्नुपर्छ : अध्यक्ष ढकाल

बिहिवार , श्रावण ८, २०८२

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी सिर्जना र राजश्व बढाउने कुरा राजनीतिक दलहरूको एजेण्डा बन्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित राइजिङ नेपाल समिट २०२५ मा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आज हरेक नेपालीले रोजगारी खोजिरहेको बताए ।

उनले राजनीतिक दलहरू मिसन ०८४ को एजेण्डा बोकेर हिँडिरहेको भन्दै उनीहरुले रोजगारी सिर्जना र राजश्व बढाउने कुरा एजेण्डा बनाउनुपर्ने बताए ।

राजनीतिक दलहरूले पूर्वाधार निर्माण, रोजगारी सिर्जना, लगानी वृद्धि गर्ने कुराहरुलाई प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष ढकालले बताए ।

अध्यक्ष ढकालले सबैको साझा प्रयासले लगानीको ढोका खोल्ने उल्लेख गर्दै यसबाट समृद्धिको बाटोमा अगाडि बढ्न सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट