काठमाडौं । नेपाली बजारमा आज साताको अन्तिम दिन सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो।
महासंघका अनुसार आज प्रतितोला सुन एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन २ हजार ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३४० रुपैयाँ भएको हो। बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेर प्रतितोला २ हजार ३३५ रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस