२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रोयल टुलिप चितवनले सञ्चालनमा ल्यायो 'द माझीघर', चौबिसै घण्टा रेष्टुराँ सेवा

शुक्रवार , श्रावण ९, २०८२

राजेन्द्र आचार्य

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा रोयल टुलिप चितवनले अल-डे-डाइनिङ रेस्टुरेन्ट 'माझीघर' सञ्चालनमा ल्याएको छ ।

लुभर होटल्स ग्रुप अन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालित पाँचतारे रिसोर्ट रोयल ट्युलिप चितवनले आज आफ्नो नयाँ अल-डे-डाइनिङ रेस्टुरेन्ट 'द माझीघर' को शुभारम्भ गरेको हो । सौराहमा रहेको यो रिसोर्टले यस क्षेत्रमा भोजन र आतिथ्य सत्कारको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।

माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित ‘माझीघर’ ले न्यानो र आमन्त्रित वातावरण प्रदान गर्ने केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले बताए। पाहुनाहरूले स्थानीय विभिन्न प्रकारका परिकारहरूको आनन्द लिन सक्छन्। स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय दुवैको अनुभव प्रदान गरेर चितवनको आतिथ्य परिदृश्यलाई समृद्ध बनाउने उनको प्रतिबद्धता छ ।

चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित यस रिसोर्टमा ६५ वटा सुन्दर कोठा र भिलाहरू छन् । जसले परिष्कृत आरामलाई प्रकृतिको मनमोहक सुन्दरतासँग जोड्ने काम गरेको अध्यक्ष शाहको भनाइ छ ।

४ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा विशेष पुल भिला, वाटर भिला र माचान सुइटहरू रहेका छन्। पाहुनाहरूले स्पा, फिटनेस सेन्टर, पौडी पोखरी, माझीघर, फरेस्ट फ्लेम, माचान (एक घुम्ने डेक) र स्पोर्टस् बारमा विविध भोजन अनुभव जस्ता विश्व–स्तरीय सुविधाहरूको आनन्द लिन सक्छन्।

प्रकृतिको सुन्दरता र जंगली जनावरका अवलोकनले आनन्दित तुल्याउनुका साथै क्षेत्रीय पर्यटनलाई बढावा दिन, स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र चितवनमा विलासिताका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने प्रयास रिसोर्टले गरेको छ । रिसोर्टका महाप्रबन्धक सचिन शर्माले भने “रोयल ट्युलिप चितवनले नेपालको पर्यटन उद्योगलाई सुदृढ पार्न, स्थानीय अर्थतन्त्रलाई सहयोग गर्न र सौराहाका स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।’

दिगो विकासप्रति प्रतिबद्ध, रोयल ट्युलिप चितवनले इन–हाउस वाटर बोटलिङ प्लान्ट र स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग जस्ता पहलहरू सुरु गरेको छ । जसले १०० भन्दा बढी स्थानीय रोजगारी सिर्जना गर्ने छ ।

नेपाल र विश्वभरका विशिष्ट यात्रुहरूलाई आकर्षित गर्न व्यक्तिगत सेवाहरूसहित विलासी आराम प्रदान गर्नमा रिसोर्ट केन्द्रित रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट