काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासन विधिलाई परिमार्जन गर्ने भएको छ । बोर्डले आईपीओ निष्कासनका लागि न्यूनतम सीमा बढाएर २० प्रतिशत पुर्याउन लागेको हो ।
हाल आईपीओ निष्कासन सीमा न्यूनतम १० देखि ४९ प्रतिशतसम्म रहेको छ । स्रोतका अनुसार बोर्डले धितोपत्र निष्कासन नियमावली परिमार्जन गरेर न्यूनतम २० प्रतिशत पुर्याउन लागेको हो । उक्त नियमावली परिमार्जन भएपछि आईपीओ निष्कासन सीमा न्यूनतम २० प्रतिशतदेखि ४९ प्रतिशत कायम हुने छ ।
न्यूनतम सीमा बढेर २० प्रतिशत पुगेपछि सर्वसाधारणको लागि सेयर संख्या बढी हुनेछ भने संस्थापकको हिस्सा कम हुने भएको छ ।
बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले न्यूनतम् ३० प्रतिशत आईपीओ जारी गर्नुपर्ने व्यवस्था छ । तर, जलविद्युतलगायत उत्पादन र सेवामूलक कम्पनीहरुले न्यूनतम १० प्रतिशत आईपीओ निष्कासन गरे हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस