काठमाडौं । नेपाली बजारमा आइतबार (साउन ११) सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको मूल्य आज तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस