२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दिक्तेलका मेयरले माइतीघरमा सुरु गरे सत्याग्रह, के हो माग ? [तस्बिरहरू ]

आइतवार , श्रावण ११, २०८२

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरू गरेका छन्। आइतबार काठमाडौंको माइतीघरमा उनले सत्याग्रह सुरू गरेका हुन्।

स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेपछि उनले सत्याग्रह सुरु गरेका हुन् ।

सिंहदरबारको दक्षिण गेट अगाडि पुगेका उनलाई निषेधित क्षेत्र भएकाले प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडिदिएको हो। निषेधित क्षेत्रमा सत्याग्रह बस्न खोजेपछि उनलाई नियन्त्रणमा लिएर माइतीघर पुर्‍याइएको हो ।

‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि उनले साथमा राखेका छन् ।

उनले नगरपालिकाको कामहरु सत्याग्रह स्थलबाटै गरिरहेका छन् ।

यस्ता छन् मागहरू :

- जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउँदै प्रदूषण धेरै गर्ने अरू देशसँग क्षतिपूर्ति लिने ।

- बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून निर्माण गरिदिने ।

- प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उ‌द्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानून बनाउनु पर्ने ।

- जथाभाबी प्रकृतिको दोहन गर्ने क्रसर, उ‌द्योग लगायतलाई कडाइकासाथ रोकी कडा कानून बनाई कारबाही गरिनु पर्ने ।

- पहिलो चरणमा वन र उ‌द्योग मन्त्रालय र मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बोस, काठ, राडी पाठी, वातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गरियोस् ।

- विशेषतः काठमाडौबाट खोटाङ जाँदा बाटोमा परेका पुल, सडक र संरचना अलपत्र पार्नेलाई कडा कानुनी कारबाही गरि तत्काल निर्माणको काम सुरु गरियोस् ।

- पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाइसराइको दर बढेको हुँदा तत्काल नीतिगत निर्णय निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गरियोस् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ