२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् ।

सिनियर रजिस्ट्रार पौडेललाई न्याय सेवा आयोगले मुख्य रजिस्ट्रारमा सिफारिस गरेको हो ।

यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए।

न्याय परिषद्ले उनको ठाउँमा पौडेललाई सिफारिस गरेको हो। पौडेल रजिष्ट्रार पदमा नियुक्त भएको डेढ वर्षमै मुख्य रजिष्ट्रार नियुक्त हुन सफल भएका छन् ।

मुख्य रजिष्ट्रार सिफारिस भएका पौडेल २०५९ साल चैत १८ मा नेपाल न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतमा नियुक्त भएका थिए ।

उनको बढुवासँगै रिक्त हुने रजिस्ट्रारमा मानबहादुर कार्की सिफारिस भएका छन् । अब मन्त्रिपरिषद्‌बाट निर्णय भएपछि उनीहरूको नियुक्ति हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट