२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

एकै परिवारका १६ जना बेपत्ता, अनुसन्धान गर्दै प्रहरी

सोमवार , श्रावण १२, २०८२

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना बेपत्ता भएका छन् ।

गाउँबाट उर्मिला हायुको परिवार नै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर त्यसको जानकारी दिएका छन्।

उनले घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएको बताएका छन्।

हायु परिवारले सीमान्तकृत समुदायको सदस्यका रूपमा पाउने एक वर्षको भत्ता चार दिनअघि मात्र एकमुष्ट बैंकबाट बुझेका थिए ।

घटनास्थलमा रहेका वडाध्यक्ष श्रेष्ठका अनुसार हायुको घरमा बाँधेका गाइबस्तु, कुखुरा बाख्रा पनि छन् । उनले भने, ‘तीन दिनअघि बोको पनि बेचेका रहेछन्। घरमा अलिकति आगो लागेको छ । आफ्नै घरमा पालेको सुँगुर काटेर भत्ता आएको दिन खाएका रहेछन् ।’

उर्मिलाको छोरा, बुहारी, नाति नातिना, छोरीहरूसहित एकै परिवारका १६ जना सदस्य बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट