२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवनमा एक वर्षमा ३ सय बढी उद्योग बन्द

सोमवार , श्रावण १२, २०८२

चितवन । उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका ३८३ वटा उद्योग एक वर्षमा बन्द भएका छन् ।

कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका उद्योगमा सबैभन्दा बढी कृषिमूलक उद्योग छन् । ती उद्योग १९९ वटा बन्द भएका छन् । उत्पादनमूलक ७४, सेवामूलक ७४ र पर्यटनमूलक ३६ उद्योग बन्द भएको उनले जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा ३३१ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा कृषिमूलक १४०, सेवामूलक ११४, उत्पादनमूलक ६२, पर्यटनमूलक १५ उद्योग थपिएको छन् ।

जिल्लामा रहेका उद्योगमध्ये दुई हजार ३९० वटा उद्योग नवीकरण भएका छन् । जसमध्ये ११८ वटाले पुँजी वृद्धि गरेका छन् भने आठ वटाले स्तर परिवर्तन गरेका छन् । वाणिज्यतर्फ ५२४ वटा व्यवसाय बन्द भएको उनले जानकारी दिए । वाणिज्यतर्फ ३७७ वटा व्यवसाय नयाँ दर्ता भएर सञ्चालनमा छन् ।

तीन हजार १११ वटा व्यवसाय नवीकरण भएको उनले बताए । कुमालका अनुसार २०३ वटा व्यवसायीले पुँजी वृद्धि गरेका छन् भने ३४ वटाले उद्देश्य थप गरेका छन् ।

उच्च शिक्षाका लागि विदेश जानेको सङ्ख्या बढेसँगै उद्योग तथा व्यवसाय दर्ता गर्ने र बन्द गर्ने प्रचलन बढेको उनले बताए । उद्योग बन्द गर्न पाँच वर्ष अवधि पर्खिनुपर्ने भएकाले पनि बन्द गर्ने प्रचलन बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ