२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

वीरगंज नाकाबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन, १७ अर्ब ३१ करोड राजस्व संकलन

बुधवार , श्रावण १४, २०८२

पर्सा । गत आर्थिक वर्षमा वीरगंज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् ।

सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व संकलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र १७ अर्ब ३१ करोड राजस्व संकलन भएको छ ।

गत आवमा छ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले ६ अर्ब ३१ करोड राजस्व संकलन गरेको छ । गत आवमा दुई अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् ।

त्यसैगरी, सोही अवधिमा दुई अर्ब एक करोड मूल्यका नौ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा नै एक अर्ब ३७ करोड मूल्यका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् ।

सोही अवधिमा एक अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा ७१ करोडका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने ७४ करोडको तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन् ।

त्यसैगरी, सोही अवधिमा ४३ करोड ३१ लाख मूल्यका चार हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन् । वीरगंज नाका हुँदै गत आवमा एक अर्ब ६४ करोड मूल्यका साना–ठूला दुई हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए । वीरगञ्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट एक अर्ब ८० करोड ४५ लाख राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट