२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमालेको परिपत्र

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नंं. –३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेलले आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गरेको हो । उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ ।

२०७९ साल मङ्सिर ४ गते भएको निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित राप्रपा सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट