काठमाडौं । प्राकृतिक सौन्दर्यको मधुरता, वन्यजन्तुको रोमाञ्चकता, स्थानीय सँस्कृति र विश्रामको विलासिता, यी सबैलाई एउटै छानामुनि जीवन्त रूपमा अनुभूति गराउने सोचले चितवनको सौराहामा स्थापना गरिएको हो ‘रोयल टुलिप रिसोर्ट’ । चितवन राष्ट्रिय निकुञ्जको ठीक छेउमा अवस्थित यो रिसोर्ट विश्वकै दोस्रो ठूलो होटल समूह ‘लुभ्र होटल्स ग्रुप’ अन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालनमा ल्याइएको हो ।
[caption id="attachment_374908" align="alignnone" width="1600"]
केटिएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर साह[/caption]
साढे दुई विघा क्षेत्रफलमा फैलिएको रोयल टुलिपको निर्माण कार्य सन् २०२० मा सुरु भएको हो, जुन करिब पौने दुई अर्ब रुपैयाँको लगानीमा सम्पन्न हुँदैछ । सौराहाको पहिलो पाँचतारे लक्जरी रिसोर्टको रूपमा स्थापित यो रिसोर्ट आगामी असोजदेखि सेवा सञ्चालनमा आउने तयारीमा छ । केटिएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर साहका अनुसार लुभ्र होटल्सले व्यवस्थापन सम्हालेसँगै रिसोर्टमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवा, सुविधा र आतिथ्य अनुभव उपलब्ध गराउने सुनिश्चित गरिएको छ । रोयल टुलिप अब सौराहाको पर्यटन पहिचानलाई विश्वस्तरमा पु-याउने नयाँ गन्तव्य बन्ने विश्वास गरिएको छ ।
रोयल टुलिप चितवन पर्यावरणप्रति सजग रहँदै सेवा प्रदान गर्ने दिगो पर्यटन अवधारणामा आधारित रिसोर्ट हो । यहाँ प्लास्टिकको बोतलमा पानी प्रयोग हुँदैन, किनभने रिसोर्टले आफ्नै बोटलिङ प्लान्टमार्फत शुद्ध पानी आपूर्ति गर्ने गरेको अध्यक्ष साह बताउँछन् ।
'रोयल टुलिप चितवन'मा उपलब्ध सेवा र सुविधा
रोयल टुलिप चितवन नेपाली आतिथ्यता, साँस्कृतिक मौलिकता र विश्वस्तरीय लक्जरी अनुभवको अद्वितीय संगम हो । हरियालीले घेरिएको रिसोर्टको २५ ओटा भवनमध्ये १७ ओटा आवासीय भवन छन् भने ६५ वटा सुन्दर कोठा र भिलाहरू छन् । जसमा विशेष पुल भिला, वाटर भिला र माचान सुइटहरू रहेका छन्, जुन सबैले मनमोहक दृश्य र विलासी सुविधाहरू प्रदान गर्दछन् ।

पाँचतारेको मापदण्ड पूरा गरेर सजाइएको रुमहरु मध्ये सुपेरियर रुम १८ वटा, डिलक्स २७ वटा, प्रिमियम ८ वटा र ४ वटा स्वीट रुम छन्, जहाँ एउटामा दुई वटा वेड रुम र लिभिङ रुम रहेका छन् ।
यहाँ रहेका सुपेरियर क्याटगोरीका रुमहरुको चार्ज १७ हजार पाँचसयदेखि सुरु हुन्छ भने सबैभन्दा महँगो भनेको मचानका रुमहरु हुन्, जसको चार्ज एक लाख निर्धारण गरिएको छ । अध्यक्ष साह भन्छन्, ‘बस्नकै लागि रुम त अन्य ठाउँमा पनि पाइन्छ । हामीले रुम सेल गर्ने भन्दा पनि रुम सँगसँगै प्याकेज बनाएर के अनुभव दिने त ? भन्नेमा केन्द्रित भएका छौँ । हामीले रुम भन्दा पनि अनुभव सेल गर्छौँ भन्न रुचाउँछु ।’
रिसोर्टको आकर्षणको रुपमा रहेको वाटर भिल्लाको पोखरीमा पर्यटकले फिसिङको मज्जा लिन सक्नेछन् । साथै, पोखरीमा प्याडल बोट पनि छ, जसमा दुई जनाले बोटिङ गर्न सक्नेछन् ।

रिसोर्टमा ५०, १५० र ५०० सय जनाको क्षमता रहेका तीन वटा ब्याङ्क्वेट हलहरु छन्, जुन पारिवारीक कार्यक्रमदेखि कर्पोरेट सेमिनारका लागि उपयुक्त हुनेछ ।
बालबच्चासहित आउने पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले आउट डोर र इन डोर प्ले एरिया पनि निर्माण गरेको छ । त्यतिमात्र होइन खेलका पारखीहरुलाई मध्यनजर गर्दै यहाँ गल्फ कोर्स र ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । रिसोर्ट परिसरमै १२ सय ८० मिटर लामो वाकिङ ट्रेलको सुविधा पनि छ, जहाँ हिँड्दा चिरबिराउने चराहरूको स्वर, चिसो बतासको स्पर्श र वन्य वातावरणको सौन्दर्यले विश्रामको अनुभवलाई अझ गहिरो बनाउँछ ।
रोयल टुलिप चितवन पर्यावरणप्रति सजग रहँदै सेवा प्रदान गर्ने दिगो पर्यटन अवधारणामा आधारित रिसोर्ट हो । यहाँ प्लास्टिकको बोतलमा पानी प्रयोग हुँदैन, किनभने रिसोर्टले आफ्नै बोटलिङ प्लान्टमार्फत शुद्ध पानी आपूर्ति गर्ने गरेको अध्यक्ष साह बताउँछन् । रिसोर्टमा आफ्नै बेकरी र लन्ड्री सेवा पनि उपलब्ध छन् ।

अतिथिको स्वास्थ्य, आराम र सुखद् अनुभवलाई ध्यानमा राख्दै रिसोर्टमा हेलिप्याड, स्वीमिङ पुल, स्पा, जिम हल र थेरापी रुमहरू जस्ता आधुनिक सुविधा उपलब्ध गराइएको छ ।
रिसोर्टको संरचना नामकरणदेखि निर्माणसम्म नेपाली मौलिकतालाई आत्मसात् गरिएको छ । मुख्य भवनलाई ‘वडा घर’ नाम दिइएको छ भने कन्फ्रेन्स हलहरू ध्यान सदन, ज्ञान सदन र वेद सदन जस्ता संस्कृतजन्य नामबाट चिनाइएको छ ।
खाना, आराम र संस्कृति एकै ठाउँमा
रोयल टुलिप चितवन केवल आराम र प्रकृतिको मिलनस्थल मात्र होइन, यो स्वाद, संस्कार र आत्मीयताको गहिरो संयोजन पनि हो । खानपानका लागि यहाँ तीनवटा उच्चस्तरीय रेष्टुरेन्टहरू सञ्चालनमा छन्, जहाँ स्वाद, सेवा र वातावरणको उत्कृष्ट तालमेल पाइन्छ । स्थानीय र पारम्परिक परिकारलाई सम्मान गर्दै यहाँ नेपाली थाली, थारु थाली र मिथिला थाली पस्किने विशेष व्यवस्था गरिएको छ । यस्तै, विशेष सामूहिक अनुभूति दिनका लागि ‘धुनी घर’ नामक छुट्टै संरचना पनि बनाइएको छ, जहाँ २० देखि २५ जनासम्मले आगो ताप्दै परिकारको स्वाद लिन सक्छन् ।

अध्यक्ष साहका अनुसार रिसोर्टको संरचना नामकरणदेखि निर्माणसम्म नेपाली मौलिकतालाई आत्मसात् गरिएको छ । मुख्य भवनलाई ‘वडा घर’ नाम दिइएको छ भने कन्फ्रेन्स हलहरू ध्यान सदन, ज्ञान सदन र वेद सदन जस्ता संस्कृतजन्य नामबाट चिनाइएको छ । उनी भन्छन्, ‘रिसोर्टभित्रका अन्य संरचनाहरूको नामकरणमा पनि थारु तथा नेपाली भाषाको प्रयोग गरिएको छ । हामीले यसको निर्माण गर्दा पनि सकेसम्म नेपालमा नै उपलब्ध निर्माण वस्तुको प्रयोग गरेका छौँ ।’ यसले पर्यटकलाई सांस्कृतिक अपनत्वको अनुभूति दिने उनी बताउँछन् ।

कोठाभित्र रहँदा अतिथिले नेपाली कला, ढाँचामा निर्मित काठ, ढुंगा र स्थानीय सामाग्रीको प्रयोगद्वारा बनाइएका सजावटहरूसहित लक्जरी अनुभूति गर्छन् भने बाहिर निस्किँदा आफैँलाई जंगलभित्र बसेको अनुभूति दिनका लागि रिसोर्ट भित्रको वृक्षारोपणमा साढे दुई करोड रुपैयाँभन्दा बढी खर्च गरिएको अध्यक्ष साहको भनाइ छ । जसले प्राकृतिक वातावरणलाई झनै जीवन्त बनाएको छ ।
रोजगारीको दृष्टिकोणले पनि रोयल टुलिप चितवनले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउने लक्ष्य राखेको छ । रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि १ सय १४ जना स्थायी अपरेशनल स्टाफले प्रत्यक्ष रोजगारी पाउँछन् भने भेन्डर, तरकारी र दूध व्यवसायीहरू जस्ता स्थानीय आपूर्तिकर्ताले अप्रत्यक्ष रोजगारी पाउँछन् ।
‘झण्डै २६, २७ वर्ष भयो, म सौराहा आउन थालेको । तर, अचम्म के छ भने, हरेक पल्ट सौराहा आउँदा यो ठाउँ अझ नयाँ, अझ आकर्षक लाग्छ । विविधताले भरिपूर्ण यो गन्तव्य आन्तरिक र बाह्य पर्यटकका लागि नेपालको सबैभन्दा सजिलो र रमणीय विकल्प हो भन्ने बुझाइले नै मैले सौराह रोजेँ ।’
सौराह : एक सपना, एक सम्भावना
रोयल टुलिप चितवन निर्माण पहिलो सपना र निर्णय भने पक्कै पनि होइन । सुरुमा यस स्थानलाई अध्यक्ष साहले सानो फार्म हाउस बनाउन भनेर लिएका थिए । तर, यहाँको हरियाली, शान्त परिवेश र सांस्कृतिक गहिराइले उनको मन यसरी जित्यो कि, 'यो सौन्दर्य त सबैले अनुभव गर्न पाउनु पर्छ' भन्ने सोचले थप जग्गा लिएर रिसोर्ट नै खोल्ने आँट गरे र त्यसपछि थप लगानी, थप सपनासँग सौराहामै निर्माण भयो रोयल टुलिप । 
उनी भन्छन्, ‘झण्डै २६, २७ वर्ष भयो, म सौराहा आउन थालेको । तर, अचम्म के छ भने, हरेक पल्ट सौराहा आउँदा यो ठाउँ अझ नयाँ, अझ आकर्षक लाग्छ । विविधताले भरिपूर्ण यो गन्तव्य आन्तरिक र बाह्य पर्यटकका लागि नेपालको सबैभन्दा सजिलो र रमणीय विकल्प हो भन्ने बुझाइले नै मैले सौराह रोजेँ ।’ साह उच्चस्तरीय विदेशी पर्यटकका लागि पनि सौराहालाई प्रमुख गन्तव्य बनाउन चाहन्छन् ।
उनका अनुसार हाई पेइङ गेष्टहरु काठमाडौँ आएपछि कल्चरल हेरिटेजको अनुभव लिएर बस्ने उपयुक्त ठाउँ भनेको सौराह हो । यहाँबाट मनास्लु लगायतका हिमश्रृंखला पनि देख्न सकिन्छ । हाई पेइङ पर्यटकलाई लक्षित गरेर रोयल टुलिप चितवनले हेलिप्याड पनि बनाएको छ । हेलिमा हिमालतिर गएर ब्रेकफास्ट गर्ने र फर्किएर रातको जंगल सफारी गर्ने, खोजेको सर्भिस, सफा ठाउँ, आरामदायी रुमहरु खोज्ने त्यस्ता पर्यटकहरुलाई क्याटर गर्नका लागि सौराहामा उपलब्ध एक मात्र रिसोर्ट हो रोयल टुलिप । त्यस्ता खालको पर्यटकहरुलाई पुनः नेपाल आगमन गराउने लक्ष्य नै रहेको साहको भनाइ छ ।

सौराहा आउने पर्यटकमध्ये आधा आन्तरिक र आधा बाह्य हुन् । यहाँको आकर्षण भनेको केवल चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी मात्र होइन; हात्ती सफारी, मनास्लु हिमालको दृश्य, थारु संस्कृतिका परिकार, होमस्टे अनुभवजस्ता विविधताले यसलाई पूर्ण बनाएको छ । यहाँको मौलिक स्वाद र बाघ, गैँडा, हात्तिजस्ता जनावर नजिकैबाट हेर्न सकिने व्यवस्थाले पर्यटकको बसाईलाई लम्ब्याउन भूमिका खेल्छ ।
डेढ दशक विदेश बसेका साहका लागि नेपाल सदैव अमूल्य लाग्यो । यही भावना बोकेर उनले यो होटल व्यवसायमा पहिलो पाइला चालेका हुन् । उनी भन्छन्, ‘म सौराहप्रति समर्पित छु । यही ठाउँ, यही सँस्कृति र यही सम्भावनालाई विश्व सामु चिनाउने प्रयत्न गरिरहेको छु ।’
प्रतिक्रिया दिनुहोस