काठमाडौं । आजपनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
बिहीबार आठ सय रुपैयाँले घटेको सुनको भाउ आज शुक्रबार पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँ पुगेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्यमा ३५ रुपैयाँ घटेको छ। अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार दुई सय ७० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार दुई सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।
प्रतिक्रिया दिनुहोस