२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सडक निर्माण र विस्तारसँगै सुरक्षा चुनौती बनिरहेको छ : मन्त्री दाहाल

आइतवार , श्रावण १८, २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताएका छन् ।

आज ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल–नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसीसम्बन्धमा आयोजित दुईदिने कार्यक्रमको समापन समारोहमा उनले सडक सञ्जाल विस्तारका क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताएको उनको सचिवालयले जनाएको छ ।

नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दाहालले बताए ।

सडक सुरक्षालाई कानुनी रुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

कार्यक्रममा मोरङका शेखरचन्द्र राईलाई सडक सुरक्षा अवार्ड प्रदान गरियो । त्यस अवसरमा विभिन्न कार्यपत्रमाथि छलफल भएको आयोजक संस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए ।

सोही कार्यक्रममा मन्त्री दाहालले नेपालमा विद्युतीय सवारीका बारेमा सुरु हुने अनुसन्धानको शुभारम्भ पनि गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट