काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । आइतबार अपराह्न मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली आजै राति तुर्कमेनिस्तानको भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद्को बैठक राखेका हुन् ।
बैठकले दैनिक प्रशासनिक कामकारबाहीका विषयमा आवश्यक निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस