हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । उनले आज आइतबार पदबाट राजीनामा दिएका हुन् ।
९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर राजीनामा दिएका हुन् ।
उनले संविधानअनुसार राजीनामा दिनुपर्ने कारण नभए पनि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए । उनले पार्टीलाई भाँडभैलोमा जान नदिन आफूले मार्गप्रशस्त गरेको बताए ।
उनी नेपाली कांग्रेसबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
https://sunaulonepal.com/content/375274/
प्रतिक्रिया दिनुहोस