२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

मेयर तीर्थराज भट्टराईले तोडे आमरण अनशन

आइतवार , श्रावण १८, २०८२

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले अनशन तोडेका छन् । नगर प्रमुख भट्टराईले आइतबार आमरण अनशन अन्त्य गरेका हुन् ।

मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए ।

वन्यजन्तुबाट कृषिमा हुने क्षति, जलवायु परिवर्तन र स्थानीय स्रोत–साधनको संरक्षणमा आधारित सातबुँदे माग राख्दै आमरण अनशनमा बसेका मेयर भट्टराई र सरकारबीच आइतबार सैद्धान्तिक सहमति भएको छ । आज सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आमरण अनशन अन्त्य गरेका हुन् ।

दुवै पक्षबीच बाँस, गाँजा जस्ता वनस्पतिको प्रयोगका लागि ४५ दिनभित्र भवन निर्माण कोड तथा मापदण्ड तय गरिने, सखुवा, खयरलगायत कुहिएर नष्ट भइरहेका काठको आर्थिक उपयोगबारे विज्ञ समिति गठन गरी अध्ययन सुरु गरिने, कोदो, गहत, आदि जस्ता रैथाने बालीलाई व्यवसायिकरूपमा प्रवद्र्धन गर्ने नीतिगत निर्णय गरिने, रैथाने स्रोतसाधनलाई सरकारी संरचनाभित्र प्राथमिकतामा राखी प्रयोगमा ल्याउने लगायत सहमति भएको छ ।

उक्त सहमति ४५ दिनभित्र कार्यान्वयन गर्ने सरकारले प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट