काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज समापन हुँदैछ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान ११ बजेदेखि तेस्रो दिनको बैठक सुरू हुने छ ।
शुक्रबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव र एजेन्डाहरूमाथि शनिबारदेखि सदस्यहरूले आफ्नो धारणा राखेका थिए। त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जबाफ दिनेछन् ।
अध्यक्षको जबाफपछि निर्णय गरी आजै बैठक समापन हुनेछ। आजको बैठकले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक बस्ने मिति पनि तय गर्नेछ।
प्रतिक्रिया दिनुहोस