काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मंगलबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुग्दै रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो।
यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको छ । वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनका तुलनामा २५ रुपैयाँ बढेर मंगलबार प्रतितोला २ हजार २ सय ८० रुपैयाँ मा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ३३७०.९९ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ३७.३८ डलर छ। सोमबार सुन प्रति औंस ३३५९.९३ डलर र चाँदी ३७.११ डलर थियो।
प्रतिक्रिया दिनुहोस