काठमाडौं । आज साताको चौथो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य थपघट भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ भने चाँदी २५ रुपैयाँ बढेको छ। महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।
बुधबार चाँदी तोलाको २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको छ। मंगलबारका तुलनामा २५ रुपैयाँको बढोत्तरीसँगै नयाँ कारोबार मूल्य कायम भएको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ३३७०.८७ डलर र चाँदी प्रति औंस ३७.८३ डलरले कारोबार भइरहेको छ। एक महिनामा सुनको मूल्यमा प्रति औंस ७०.६१ डलरको बढोत्तरी भइसकेको छ।
प्रतिक्रिया दिनुहोस