२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

कर्मचारीको प्रशिक्षणलाई गुणस्तरीय बनाउन मन्त्री न्यौपानेको निर्देशन

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको प्रशिक्षणलाई सङ्ख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन निर्देशन दिएकी छिन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद बैठकलाई आज सम्बोधन गर्दै मन्त्री न्यौपानेले प्रशिक्षणलाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् । प्रशिक्षणमा सेल्फ लर्निङ, इलर्निङ र एआइलाई जोड दिनुपर्ने उनले बताइन् । निजामती कर्मचारीलाई प्रशिक्षणसँगै स्थलगत रुपमा अध्ययन गर्ने वातावरण बनाउनुपर्ने मन्त्री न्यौपानेले बताइन्।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपती, नेपाल सरकारका मुख्य सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिवलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

उक्त बैठकमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पञ्चवर्षीय रणनीतिक योजना (२०७९/८०–२०८३/८४) को तेस्रो वार्षिक प्रगति समिक्षा, प्रतिष्ठानको आव २०८१/८२ को वार्षिक प्रगति समिक्षा तथा प्रतिष्ठानको आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट