२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

कांग्रेस–एमालेका शीर्ष नेताबीच भेटवार्ता, के भयो छलफल ?

आइतवार , श्रावण २५, २०८२

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच छलफल भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे छलफल भएको बताइएको छ । भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, कांग्रेसका सभापति देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए ।

उक्त भेटमा सरकारको काम प्रभावकारी नभएकाले कार्यसम्पादन राम्रो नभएका मन्त्रीहरू बदलेर नयाँ मन्त्री नियुक्त गर्नेबारे छलफल भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट