२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

भौतिक पूर्वाधार मन्त्रालयद्वारा रुग्ण ठेक्का व्यवस्थापनबारे छलफल

आइतवार , श्रावण २५, २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रुग्ण ठेक्का व्यवस्थापनबारे छलफल सुरु भएको छ । सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षापछि रुग्ण ठेक्का व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो ।

मन्त्री देवेन्द्र दाहालले रुग्ण ठेक्का व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएको जानकारी दिए । “देशभरिका कार्यालय प्रमुखहरु काठमाडौँ आएको समय पारी मसिनो गरी रुग्ण ठेक्का व्यवस्थापनका बारेमा छलफल गरिएको हो”, उनले भने, “बजेट कार्यान्वयन गर्न उहाँहरुलाई धेरै दिन काठमाडौँमा राख्न उपयुक्त हुँदैन, त्यसैले बिदाको दिन पनि छलफल गरेका हौँ ।”

वार्षिक समीक्षा गोष्ठीमा समेत मन्त्री दाहालले रुग्ण ठेक्का व्यवस्थापन र बेरुजु फछ्र्योटलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका थिए । आयोजनाहरु सुरु हुने तर निर्धारित समयमा नै पूरा नभई वषौँ अलपत्र हुने अवस्थाको अन्त्यका लागि मन्त्री दाहालले कार्यभार सम्हाले देखिनै विशेष चासो राख्दै आएका छन् ।

अन्य मन्त्रालय तथा कार्यालयभन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्य क्षेत्र समेत फरक रहेका कारण बिदाका दिन अनिवार्य छुट्टी बस्ने सुविधा नहुने मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

“सडकका कर्मचारीले १०ः०० बजेदेखि ५ः०० बजेसम्म काम गरेर पुग्दैन, जुनसुकै बेला पनि फिल्डमा खटिन तयार हुनुपर्छ”, उनले भने, “त्यसैगरी चालु आर्थिक वर्षका लागि कर्मचारीहरु कार्यालयमा जानुअघि रुग्ण ठेक्का व्यवस्थापनमा विशेष ध्यान दिँदै निकासका लागि सहजीकरण गर्न बिदाका दिन पनि काम गरिएको हो ।”

चार सङ्घीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय तथा विभिन्न आयोजनामा रहेका रुग्ण ठेक्का व्यवस्थापनका लागि छलफल गरिएको हो ।

छलफलमा सडक विभागका महानिर्देशक डा विजय जैसी, उपमहानिर्देशकहरु, आयोजना प्रमुखहरु तथा विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट