२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्तिको भूमिका सम्बन्धमा श्रेष्ठ र यादवबीच छलफल

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लोकतान्त्रिक उपलब्धिको रक्षा तथा समाजवादको दिशातर्फ अघि बढ्न परिवर्तनकारी शक्तिबीचको सहकार्य सम्बन्धमा छलफल भएको छ ।

नेता श्रेष्ठको निवास हात्तीवनमा आज भएको छलफलमा उनीहरुबीच सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिको भूमिकाबारे विचारविमर्श भएको श्रेष्ठका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट