काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता लिन पाउने अधिकार सुनिश्चित गर्न र नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताएका छन् ।
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री लेखकले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको बताए।
उनले बुबाले आफ्नो सन्तानलाई अपनत्व नदिएको/ नलिएको अवस्थामा बाबुलाई बाबु मान्नैपर्छ भन्ने बाध्यता रहेको समेत स्पष्ट पारे । आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट समेत सरकारको निर्देशनात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस