२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

शून्य समयमा सांसदहरूद्वारा दूध भुक्तानी, सडक दुर्घटना र विकास ढिलाइबारे सरकारको ध्यानाकर्षण

सोमवार , श्रावण २६, २०८२

विराटनगर । कोसी प्रदेश सभामा सोमबार शून्य समयमा विभिन्न सांसदहरूले किसानको दूध भुक्तानी, सडक दुर्घटना तथा विकास योजनामा भुक्तानी ढिलाइबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

तेह्रथुमका सांसद किशोरचन्द्र दुलालले विराटनगरस्थित दूग्ध वितरण केन्द्रमार्फत सङ्कलित दूधको भुक्तानी किसानहरूले सात महिनादेखि पाउन नसकेको गुनासो गरे ।

उनका अनुसार, तेह्रथुमको चित्रे दूध सङ्कलन तथा वितरण केन्द्रमार्फत मात्र १ करोड ३५ लाख रुपैयाँ भुक्तानी बाँकी छ भने विराटनगर दूग्ध वितरण केन्द्रले जम्मा १९ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी राखेको छ ।

‘‘हिमाल–पहाडका किसानको दैनिकी कष्टकर बनेको छ, उत्पादनको प्रतिफल नपाउँदा व्यवसाय नै छाड्नुपर्ने अवस्था आएको छ,’’ दुलालले भने ।

उदयपुरका सांसद नारायणबहादुर बुर्जा मगरले उदयपुरगढी गाउँपालिका–७ मा पर्ने मदन भण्डारी राजमार्गको ‘अधेरी’ क्षेत्रमा दैनिक सडक दुर्घटना हुने गरेको बताए । उनका अनुसार, घुमाउरो सडकका कारण सयौंको मृत्यु र हजारौं घाइते भइसकेका छन् ।

‘‘हालको सडक एलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ,’’ उनले भने, ‘‘केही दिनअघि गोठालो गएका एक व्यक्तिको समेत सवारी अनियन्त्रित भएर ज्यान गयो ।’’

इलामका सांसद शमशेर राईले आर्थिक वर्ष २०८०/८१ का लागि स्वीकृत कार्यक्रमको भ्याट बिल काटेर पनि ३ करोड ५० लाख रुपैयाँ भुक्तानी बाँकी रहनु सरकारको उदासीनता भएको बताए। उनले विपद् व्यवस्थापनका ७७ योजनामध्ये २१ वटा मात्र भुक्तानी भएको विषयमा सरकारको धारणा मागे ।

त्यसैगरी, सांसद मिना श्रेष्ठले जोगबनी–किमाथाङ सडक निर्माणमा भइरहेको ढिलासुस्ती र एशियन हाइवेमा निर्माण गरिएको डाइभर्सनका समस्याबारे प्रश्न उठाइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट