काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट खारेज गरिएको छ । ढकालले पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ढकालको रिट खारेज गरेको हो ।
ढकालले रास्वपाको महामन्त्री आफू रहेको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गर्दै गत असार ११ गते सर्वोच्चमा रिट दिएका थिए।
ढकालले अदालतमा पेस गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो । निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए ।
सर्वोच्चको यो निर्णयसँगै मुकुल रास्वपा फर्किने वैधानिक ढोका बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस