२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नेपाल बाल संगठनलाई पुनर्जीवित गर्नुपर्छ : मुख्यमन्त्री कार्की

बिहिवार , श्रावण २९, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई पुनर्जीवित गर्नुपर्ने बताएका छन् । बिहिबार विराटनगरमा नेपाल बाल संगठनले आयोजना गरेको कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए ।

उनले नेपालमा संस्था खोल्ने, त्यसलाई वास्ता नगर्ने प्रवृत्ति रहेको चर्चा गर्दै थुप्रै सरकारी संरचनाहरू चलाउन नसकेको तर्फ ध्यानाकर्षण गराए । यस्ता पुराना संस्थाहरूबाट उपलब्धि हासिल गर्न सकिन्छ तर यहाँ त्यस्तो काम हुन सकिरहेको छैन त्यसैले बाल संगठनलाई नयाँ ढंगले सोच्नु जरुरी रहेको मुख्यमन्त्री कार्कीले औल्याए ।

उनले भने ‘संरचनाहरु छन् तर त्यसले रिजल्ट दिएको छैन। अब त्यस्ता संरचनाहरुलाई पुनर्संरचना गर्ने, क्रियाशील बनाउने र अगाडि बढ्ने गरी काम गर्नुपर्छ।‌‌’

बालबालिका हाम्रो भविष्य र हाम्रो सपना भएको उल्लेख गर्दै उनले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायि बनाउनका लागि संगठनले भूमिका खेल्नुपर्ने चर्चा गरे । कोशी प्रदेशमा रहेको बाल संगठनको अवस्था भौतिक संरचना र सम्पत्तिको विषयमा सामाजिक विकास मन्त्रालयलाई अध्ययन गरी यथार्थ विवरण ल्याउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले यसको विवरणका आधारमा आगामी दिनमा प्रदेश सरकारले आफ्ना नीति र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले संघीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल संगठनलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै यसतर्फ संघीय सरकारले पनि आफ्नो कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या न्यौपानेले बाल संगठनको अहिलेको अवस्थाका विषयमा प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट